नेपालमा पहिलो पटक दुई टाउके करेत सर्प फेला परेको छ ।नवलपरासीको कावासोतीमा उक्त दुई टाउके सर्प फेला परेको हो । उक्त सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले फेला पारेका थिए ।

उनीहरुका अनुसार उक्त सर्प मे ८, २०१८ मा भेटिएको थियो । नवलपरासी जिल्लामा भेटिएको अनौठो दुई टाउको भएको सर्पको ८ महिना लगाएर अध्ययन अनुसन्धान गरी लेख प्रकाशित भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस अघि करेत प्रजतिको दुई टाउके सर्प सर्प ६१ वर्ष अघि पहिलो पटक भारतको उत्तर प्रदेशमा भेटिउको थियो ।

नवलपरासीमा भेटिएको यो सर्प नेपालमा पहिलो पटक र विश्वमा दोस्रो पटक फेला परेको हो ।आजको अर्थबाट साभार