काठमाडाैं/ सूर्य कस्तो होला ? यसको जवाफका लागि वैज्ञानिकहरू धेरै समयदेखि काम गर्दै आएका छन् ।

यही क्रममा हालै उनीहरूले सूर्यको यस्तो फोटो पाएका छन् जसले उनीहरूलाई निकै उत्साहित बनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अमेरिकाको हवाई राज्यमा राखिएको टेलिस्कोपले सूर्यको अहिलसम्मकै विस्तृत फोटो खिचेको छ।

'ड यानियल के इनोय नामको ठूलो सौर्य टेलिस्कोपले सूर्यको अस्थिर सतहको तस्बिर खिचेको हो । तस्बिरमा सूर्यको सतह सुनका चहकिला टुक्राहरूको थुप्रोजस्तो देखिन्छ।

सूर्यको बाहिरी सतहका यी चम्किला तत्त्व प्लाज्मा भएको वैज्ञानिकहरूले बताएका छन्। यसभित्र अझै अचम्म बनाउने संरचना र तह भएको पनि उनीहरूले अनुमान गरेका छन् । राजधानी दैनिकमा खबर छ ।