दमक/ 'एकपटक खादा सबैलाइ वरदान नखाँदा जिवनभरलाइ अभिसाप' काे नारासहित अाउदाे माघ २५ गतेदेखि दमकमा हात्तीपाईले रोग विरुद्धको औषधि खुवाइने भएकाे छ । राष्ट्रिय हात्तिपाइले ( फार्इलेरिया) राेग निवारण कार्यक्रम अन्तर्गत दमकमा पनि हात्तीपाईले विरुद्धको औषधि खुवाउन लागिएकाे हाे ।
के हाे हात्तीपाईले रोग ? क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट सर्ने यो रोग एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने राेग हाे । यो एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइलेरोगको परजीबी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीबी करिव छवर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छन् । यो रोग शरीर कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुनिदै जाने यो रोग शरीर कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुनिदै जाने भएकोले हात्तीपाइले रोग भनेर चिनिन्छ ।रोगको लक्षण: फाइलेरियामा तीव्र वा कामज्वरो आउन सक्छ । यसको असर कायम रहेका बेला जीउ वा टाउको दुख्ने, बान्ता हुने हुन्छ । ज्वरोको क्रम दुई र तीन दिनको अन्तरालमा हुन्छ । सुन्निएको ग्रन्थी ज्वरोको आक्रमणसँगै बढ्दै जान्छ । अण्डकोष सुन्निने -हाइड्रोसिल), खुट्टा हात्तीको जस्तै हुने, हात सुन्निने, योनीद्वार वा स्तन सुन्निने यसका लक्षण हुन् । रोगीहरूको पिसाब दूधजस्तै हुन्छ । पिसाबमा लिम्फ मिसिनाले यस्तो हुने गरेको हो । ट्रपिकल पल्मोनरी एस्नोफिलियासमेत हुन सक्छ । डब्लूएचओका अनुसार यस्तो स्थितिमा भने फोक्सो पनि सुन्निन्छ । अनि खोकी लाग्ने, दम बढ्ने र कहिलेकाहीँ खकारमा रगत देखिने हुन सक्छ । दम बढ्दा रोगी काम गर्न नसकेर हिँडडुल गर्न असमर्थ हुन सक्छ ।
उपचार: जोसुकैलाई हुनसक्ने हात्तीपाइले रोगबाट बच्न वर्षको एकपटक पाँच वर्षसम्म सरकारद्वारा वितरित निःशुल्क चक्की खानुपर्ने । यस क्रियाअन्तर्गत जुकानाशक एल्वेन्डाजोल एउटा र उमेर हेरी डाइथाइल कार्बामाजाइन चक्की एकदेखि तीन वटासम्म वर्षमा एकपटक खानुपर्छ ।
चक्कीले हात्तीपाइलेको उपचारसँगै पेटमा भएका अन्य जुकाको समेत सजिलै उपचार हुन्छ । यसको सेवनले असर नगरे पनि शरीरमा धेरै परजीवी छन् भने टाउको दुख्ने, वाकवाकी लाग्ने, अथवा पेट दुख्ने हुन सक्छ ।
यो औषधि गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोग, मुटु रोग, मृगौला, जन्डिस, कलेजोका दीर्घ रोगीहरू, सिकिस्त बिरामी र दुई वर्ष नपुगेका बच्चाहरूबाहेक सबैले खानसकिन्छ । डब्लूएचओका अनुसार हात्तीपाइलेको औषधि ८३ राष्ट्रका करोडौं मानिसले सेवन गरे पनि हालसम्म कुनै साइड इफेक्ट देखिएको छैन ।










