एजेन्सी/ हलिउडकी चर्चित स्टार पामेला एन्डरसनले जनवरी १९ तारिखमा निर्माता जोन पिटर्ससँग विवाह गरेकी थिइन् जो कुनै जमानाका हेयरड्रेसर थिए ।

उक्त विवाह निजी समारोहबीच आयोजना गरिएको थियो । रोचक कुरा के छ भने पामेलाको यो पाँचौं विवाह थियो । तर विवाहको १२ दिनपछि पामेला र जोन अलग्गिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्रेक लिन चाहन्थिन् पामेला, त्यसकारण अलग्गिइन्ः

हलिउड रिपोर्टरको एक रिपोर्ट अनुसार पूर्व ‘बेवाच’ स्टार अर्थात् पामेला ब्रेक लिन चाहन्थिन् त्यसकारण उनले जोन पिटर्ससँग १२ दिन अघि भएको विवाह तोडेकी हुन् । जोन र उनका यूनियनका मानिसहरुबाट उनीहरुले जुन प्रेम पाइन् त्यसमा आफू निकै खुसी भएको पामेलाले बताइन् ।

जोनअघि चार विवाह गरिसकेकी छिन् पामेलाः

स्मरण रहोस् जोन पिटर्सअघि पामेला एन्डरसनले चारवटा विवाह गरिसकेकी छिन् । ५२ वर्षीया पामेलाले पहिलो विवाह अमेरिकी संगीतकर्मी टोमी लीसँग गरेकी थिइन् । विवाहको तीनवर्ष पछि नै यी दुई अलग्गिए । त्यसपछि पामेलाले किड रकसँग विवाह गरिन् ।

रकसँग विवाह टुटेपछि उनले फिल्म निर्माता रिक सोलोमनसँग विवाह गरिन् । पछि उनको सोलोमनसँग पनि सम्बन्धविच्छेद भयो । तर पुनः प्याचअप गरिएको थियो । तर त्यो प्याचअपपनि धेरै दिनसम्म टिक्न सकेन ।