काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ‘सारङ्गी साँझ’को आयोजना गरिएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बाध्यवादन गर्दै रमाइलो गरेका छन् । उक्त रमाइलो पलको तस्विर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
कार्यक्रममा प्रम ओलीले बाँसुरी र सारङ्गी बजाएका थिए भने पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले ओलीलाई साथ दिँदै सारङ्गी बजाएका थिए ।
कार्यक्रममा पूर्व नेपालदेखि पश्चिमसम्मका लोक बाजाहरुको संगीत प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा देशका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुको सहभागिता रहेको थियो । यो खबर हामीले रातो पाटि बाट साभार गरेका हौ










