ललितपुर, बैशाख २४– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशको नेतृत्व गर्न पाएको खण्डमा दश वर्षमा आर्थिक कायापलट गर्ने दाबी गरेका छन् । तर, अरु पार्टीले नेतृत्व पाए ५० वर्षमा पनि देश जहीँको त्यहीँ हुने उनले दाबी गरे । ललितपुरमा उम्मेद्वारको परिचय तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ओलीले राप्रपासँग एमालेल गरेको चुनावी तालमेललाई गलत रुपमा लिन नहुने बताए । उनले एमाले र राप्रपाको तालमेल गलत तत्वहरुलाई हराउनको लागि भएको दाबी गर्दै भने, ‘ ०४८ सालमा बहुमत ल्याएको कांग्रेसले त्यसको सदुपयोग गरेर जनतालाई गोली हान्यो । किन हानेको भन्दा गोलीको आँखा हुन्न भन्यो । म भन्छु गोलीको होइन कांग्रेसकै आँखा छैन । कांग्रेस तानाशाही हो । कांग्रेसलाई बहुमत दियो भने उ तानाशाही हुन्छ ।’ उनले तत्कालिन अख्तियार प्रमुख लोकमन सिंह कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेस काँपेको तर अहिले भने प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउन त्यही कांग्रेस सबैभन्दा अगाडि देखिएको आरोप लगाए । कांग्रेसको यस्तो हर्कतले ऊ सुशासनको पक्षमा नरहेको प्रष्ट हुने उनको भनाई छ । एमालेले काठमाडौं र ललितपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ । सहमतिअनुसार ललितपुर र काठमाडौंमा एमालेले मेयर र राप्रपाले उपमेयरमा उम्मेद्वारी दिएको छ । रातो पाटी बाट साभर
एमालेले देशको नेतृत्व गर्न पाए देश १० वर्षमा समृद्ध बन्ने ओलीको दाबी
सवाल नेपालसंवाददाताआइतबार, २३ वैशाख २०७४

एमालेले देशको नेतृत्व गर्न पाए देश १० वर्षमा समृद्ध बन्ने ओलीको दाबी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



