दमक चोकमा दिउँसो ३ बजेदेखि फास्ट फुड खानेहरुको चहलपहल नै हुनेगरेको छ। आ-आफ्नो व्यवसाय बन्द गरि घर जाने बेला , जागीर सकिएर घर जाने बेला मानिसहरू फुटपाथ छेउमा राखिएका ठेला हरुमा फास्ट फुड खान आउने गर्दछन।
दिउँसो ३ बजेदेखि राति १० बजेसम्म विभिन्न डिजाइनका ठेला हरुमा पाउने विभिन्न किसिमका खानेकुरा हरुको क्रेज दमकमा ह्वात्तै बढेको छ।
तर विगत केही दिनदेखि नगरपालिकाले त्यस्ता साना व्यवसायीहरुलाइ उक्त स्थान खाली गर्ने सुचना जारी गरेकोले व्यवसायीहरु मारमा परेको बताउछन।
करिब ५० ओटा ठेलामा व्यवसाय गरिरहेका व्यवसायीहरुले आज दमक नगरपालिकामा भेला भइ नगरपालिकाको यो कदमको शान्तिपुर्ण विरोध गरेका छन।
केही दिनअघि मेयरसाब लाई कुरा राखेका थियौं , आज आउनु भनेर बोलाउनु भएको थियो तर हामी आइपुगेपछी वहाँ काम छ भनेर निस्किनुभयो। एक व्यवसायी रबिन श्रेष्ठले बताए।
हामीसग सटर किनेर व्यवसाय गर्न पैसा छैन, आवागमनमा बाधा नहोस भनेर सजग हुँदै आफ्नो परिवारको पेट पाल्दै थियौं । अब बन्द भएपछि के गर्ने? नगरले हामिलाइ व्यवसाय गर्ने स्थान उपलब्ध गराओस, हामी राजस्व तिरेर व्यवसाय गर्न चाहन्छौं, उनले भने। यो व्यवसाय बाट दमकभरी विभिन्न स्थानमा गरि २०० भन्दा बढी परिवार लाभान्वित हुँदै आएका छन।
https://www.facebook.com/sawaalnepal/videos/1719928878142072/









