बलिउड नायिका पुनम पाण्डेले व्यापारी राज कुन्द्रा तथा उनका सहयोगीविरुद्ध हाई कोर्टमा मुद्दा हालेकी छन् ।

व्यापारी राज कुन्द्रा नायिका शिल्पा सेट्टीका पति हुन्। प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरेपछि शिल्पाले सीधै हाई कोर्टको ढोका ढक्ढक्याएकी हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समाचारअनुसार गत वर्ष पुनमले आम्र्स प्राइम मिडियासँग आफ्नो नामबाट एप पाउन एक सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।

त्यसबापत उनलाई राम्रै रकम मिल्नेवाला थियो। पुनमका अनुसार फर्मको शेयरमा भेदभाव भएपछि उनले सम्झौता फिर्ता लिइन् ।

त्यसलगत्ते उनलाई विभिन्न नम्बरबाट त्यसबारे फोन आउन थाल्यो। लगातारको फोनले दिक्क भएपछि तीन महिनाका लागि उनी विदेश पलायन भइन्।

विदेशबाट फर्किएपछि पुनमले आफ्नो सम्पर्क नम्बर पनि बदलिन्। तर नयाँ नम्बरमा पनि पुरानै कुरा उप्काउँदै फोन आउन थाल्यो।

खासमा उनले राज कुन्द्राका सहयोगी सौरभ कुसवाहसँग आफ्नो समस्या सल्टाउन नयाँ नम्बरबाट फोन गरेकी थिइन्। तर भइदियो उल्टो।

उनलाई तारन्तार कुन्द्राकै सहयोगी टिमबाट फोन आएपछि प्रहरीको मद्दत माग्न गइन्। तर प्रहरीले सुनुवाइ नगरेपछि हाई कोर्टमा पुगेको उनले बताएकी छन्।

सौरभले भने पुनमको आरोप झुटो भएको बताएका छन्। पुनमले 'द जर्नी अफ कर्मा', 'आ गया हिरो'लगायत फिल्ममा अभिनय गरेकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।