सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवालीलाई नयाँ महानिरीक्षक आईजीपी) बनाउने भएको छ।

मंगलवार बस्ने मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नै आईजीपी बनाउने गरी तयारी थालेको स्रोतले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनी आईजीपी भए पाँच महिना सो पदमा रहनेछन् ।

आईजीपी सर्वेन्द्र खनालले मंगलबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउँदै छन् । खनालले अवकाश पाउने लाग्दा अन्य कनिष्ठ डीआईजी पनि आईजीपी बन्न शक्तिकेन्द्रमा धाइरहेका छन् । राजधानी दैनिकमा खबर छ ।