उर्लाबारी । मोरङको उर्लाबारीमा महाशिवरात्रिको अवसरमा फागुन ९ गते ‘बृहतसाँगीतिक साँझ’ आयोजना गरिने भएकोछ । यु युथ्स अफ उर्लाबारीको आयोजनामाहोटेल सिंघिम परिसरमा हुने उक्त साँगीतिक कार्यक्रममा चर्चित गायक डम्बर नेपाली र निशान भट्टराईको आकर्षक प्रस्तुति रहने कार्यक्रम संयोजक तथा सञ्चारकर्मी किशोर श्रेष्ठले बताएका छन् ।
‘उर्लाबारीलाई साँगीतिक उर्भरभुमीको रुपमा देशविदेशमै चिनाउन सफल डम्बरर निशानलाई बिशेष सम्मान गरिने भएको छ’उनले भने, यो सम्मानले उहाँहरुको साँगीतिकउचाईमा थप टेवा पुग्ने हामीले विश्वास लिएका छौ ।’
संस्थाले हरेक बर्ष यस्ता गहनालाई खोजी खोजी सम्मान गरिने सचिव सुरेन्द्र शर्माले जानकारी दिए । संस्थाले हरेक बर्ष शिवरात्रिकै दिन साँगीतिक कार्यक्रम गर्दै गएको छ । उनले भने‘ कार्यक्रमको तयारी तिब्ररुपमा भईरहेको छ । कार्यक्रमको मनोरञ्जन लिन साँगीतिक पारखीहरु आतुर छन् ।
प्राइम एफ एमका प्रबन्ध निर्देशक एवम् कार्यक्रम प्रस्तोता मन नेम्बाङको सन्चालनमा हुने कार्यक्रमको प्रमुख आतिथ्यता उर्लाबारीनगरपालिकाका प्रमुख खड्ग फागोको रहने अध्यक्ष प्रेमराज शर्माले बताए । हरेक बर्ष साँगीतिककार्यक्रमको आयोजना गर्ने यस संस्थाको कार्यक्रम स्तरीय रहदै आएको छ ।










