धनगढीः कैलालीमा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ६ बनभेडा स्थित पूर्वपश्चिम राजमार्गमा टिप्परले ठक्कर दिदा मोटरसाईकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर ४ रामशिखरझाला बस्ने २८ बर्षीय भुवन चन्दको मृत्यु भएको हो।

दाङ गडुवा गाउँपालिका वडा नम्वर ७ बस्ने ३० बर्षीय बिष्णु चौधरीले चलाएको ना १ क ८८०३ नम्बरको टिप्पर र बिपरित दिशाबाट आईरहेको से ७ प ३९०७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गम्भिर घाईते भएका चन्दलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याईएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एभरेस्ट दैनिक बाट