काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशसँगै निवर्तमान सभामुख कृष्ण बहादुर महरा रिहा भएका छन् । डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएका हुन् ।
डिल्लीबजार कारागारबाट रिहा भएपछि उनले कारागारमा सबैबाट राम्रो व्यवहार भएको भन्दै सबैप्रति आभार प्रकट गरे । उनले थप प्रतिक्रिया दिएनन् । ‘प्रहरी साथीहरु, मान्य रेशम चौधरीलगायतसँग राम्रोसँग बसेँ र सबैबाट राम्रो व्यवहार भयो’, महराले भने, ‘बाँकी कुरा पछि भन्छु ।’ रातो पाटि बाट साभार
https://youtu.be/Q442QiPRo9M










