काठमाडौंको लाइफलाइनका रुपमा रहेको मुग्लिन–नारायणगढ सडक सोमबारदेखि चौबिसै घण्टा खुल्ला हुने भएको छ । स्थानीय तहको चुनावलाई ध्यान दिँदै आउँदो जेठ तीन गतेसम्म सडक खुल्ला रहनेछ । सबै मजदुर पनि चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउजाउको क्रम चल्ने र चुनावी कार्यक्रम पनि भइरहने भएकाले १० दिन बाटो खुल्ला गर्ने निर्णय गरिएको हो । आइतबारसम्म यो सडक बिहान १० बजेदेखि ४ बजेसम्म ६ घन्टा बन्द हुँदै आएको छ । अहिलेसम्म यस सडक खण्डको ४७ प्रतिशत काम पूरा भएको छ । निर्माण सम्झौता भएको यही वैशाखमा दुई वर्षको म्याद पूरा भएपछि निर्माण आधा पनि काम नहुँदा फेरि म्याद थप गरेर निर्णाण कार्य अघि बढाइएको छ । आउँदो पुसको पहिलो हप्तासम्मका लागि समय थप गरिएको आयोजनाले जनाएको छ । सडक खण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा अहिले काम भइरहेको छ । नेपालपाटी बाट सभार
काठमाडौंको लाइफलाइनआज बाट चौबिसै घण्टा खुल्ला
सवाल नेपालसंवाददातासोमबार, २४ वैशाख २०७४

काठमाडौंको लाइफलाइनआज बाट चौबिसै घण्टा खुल्ला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



