झापाको दमकमा आजदेखी फुड फेस्टिबल सुरु भएको छ । होटल व्यवसायी संघ माईपश्चिम क्षेत्रीय समिति दमकको आयोजनामा छैठौ फु्ड फेस्टिबल सुरु भएको हो ।

दमक बसपार्कमा आयोजित सो फेस्टिबलको उद्घाटन दमक नगर प्रमुख रोमनाथ ओलीले गरेका थिए । उद्घाटन कार्यक्रममा दमक नगर उपप्रमुख गीता अधिकारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले शुभकामना मन्तव्य राखेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आागामी आइतबार (११ फागुन) सम्म सञ्चालन हुने फेस्टिबलमा ४१ वटा स्टलहरु छन् । स्थानीय जाती वा समुदायको खानपानको स्वादलाई स्टलमा राखिएको होटल व्यवसायी संघ दमकका सदस्य दिपक फुयलले बताए ।

फुयलका अनुसार फेस्टिबलमा नेवारी, राई, लिम्बू, धिमाल जातका स्वादिष्ट परिकारसँगै स्वदेशी र बिदेशी परिकारका विभिन्न स्वादहरुसमेत खान पाइन्ने छ ।

संघका सदस्य तथा प्रचार प्रसार संयोजक काजि राउतका अनुसार खानाका परिकारहरुसँगै प्रत्येक साँझ फेस्टिबलमा सांगीतिक मनोरञ्जनका निम्ति राष्ट्रिय कलाकारहरुको समेत उपस्थिति हुने छ ।

होटल व्यवसायी संघ दमकका अध्यक्ष राजेन्द्र (राजन) दंगालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा इलाका प्रसासन कार्यालय दमकमा प्रमुख कृष्ण आर्चाय, होटल व्यवसायी संघ झापाका कोषाध्यक्ष हरि मैनाली, भ्रमण बर्ष प्रदेश नं १ का उपाध्यक्ष राजन श्रेष्ठ लगायतको उपस्थिति थियो । कार्यक्रमममा संघका सदस्य गणेश भेटुवालले स्वागत मन्तव्य राखेका थिए ।