महा, शिव र रात्रि महाशिवरात्रि। सत्ययुगमा सृष्टिको सुरुआत भएको रात हो। महाशिवरात्रिमा दिनमा भन्दा रात्रिको महत्त्व बढी छ।

शिवरात्रि ज्ञान पर्व पनि भनिन्छ। कारण, शिव ज्ञानका प्रवर्तक हुन्। शिवको उपासनाले नै हामीलाई सत् मार्ग र ज्ञानको उज्यालो बाटोमा हिँडाउने गर्दछ। सनातनी हिन्दु अनुयायीहरुको सबैभन्दा महत्त्वपूर्ण पर्व महाशिवरात्रिका अवसरमा रातको बेला गरिने साधनाले नै फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अठार पुराण र शास्त्रहरुमा शिवका प्रसङ्‌ग उल्लेख नभएको कही कतै पनि छैन। हरेक शास्त्रमा शिवको उपस्थिति छ, भनिन्छ सत्यं शिवं सुन्दरम्।

शिवरात्रिको दिन भगवान शिवले सागर मन्थनका क्रममा निस्केको विष पिएर सृष्टिको रचना गरेको रातको सम्झनामा पनि शिवरात्रिलाई लिन सकिन्छ। त्यसैले त हामीले भगवान शिवलाई नीलकण्ठ भन्ने गरेका छौं।

शिवलाई सबैभन्दा मनपर्ने अभिषेक हो। शास्त्रमा स्पष्ट लेखिएको छ। अभिषेकः शिवः प्रियः। शिव सबैको कल्याण गर्ने देवता हुन्। कुनै भेदभाव नराखी मनुष्यको कल्याण गर्ने एक मात्र परम मित्र शिवको सम्झना गरी मनाइने गरिन्छ। मनुष्य आत्मा पारलौकिक, परमपिता, परमात्मा, शिवको दिव्य जन्म वा अवतरणको महान दिन हो महाशिवरात्रि। त्यसैले त्यसदिन केवल पञ्चाक्षरी मन्त्रबाट शिवको स्मरणले मात्र मानव जीवन धन्य हुनेछ। सुख, समृद्वि र पुण्य कर्ममा हिँड्नका लागि प्रेरणा मिल्नेछ। महामन्त्र हो- ओम नमः शिवाय। यो मन्त्र जपबाट शरीर शुद्ध हुने मन पवित्र हुने र सत्य वचन बोल्न वाणीमा उर्जा थपिँदै जाने गर्दछ।

महाशिवरात्रिको रातका शिवालयमा गरिने जल अभिषेक वा आफ्नो घरमा स्थापित गरिएको शिवलिङ्‌गमा गरिने अभिषेक दुवैको निकै महत्त्व छ।

शिवलाई सबैभन्दा मनपर्ने अभिषेक हो। शास्त्रमा स्पष्ट लेखिएको छ। अभिषेकः शिवः प्रियः। शिव सबैको कल्याण गर्ने देवता हुन्। कुनै भेदभाव नराखी मनुष्यको कल्याण गर्ने एक मात्र परम मित्र शिवको सम्झना गरी मनाइने गरिन्छ।

सूर्यलाई नमस्कारबाट खुसी हुने। विष्णु साजसज्जाबाट भने शिव अभिषेकबाट निकै प्रसन्न हुने शास्त्रीय आधार छन्। त्यसैले शिवालयमा जल अभिषेक हुने गरेको हो।

ज्योतिष शास्त्रले पनि भनेको छ शिव भनेको सुखको आधार हो। शिव उपासना गर्नेहरू सुख र समृद्विको लागि निरन्तर गरिने कर्मबाट प्राप्त गर्न सकिन्छ।

महाशिवरात्रिको रातमा हरेक शिवालयहरुमा चार प्रहरको पूजा गर्ने गरिन्छ। आराध्यदेव श्री पशुपतिनाथमा पनि साँझ ६ बजेदेखि सुरु हुने पूजा तीन-तीन घण्टाको फरकमा चार प्रहरको विशेष पूजा हुने गर्दछ। चारै प्रहरमा पञ्चामृत पूजा हुने गर्दछ। पहिलो दूध, दोस्रोमा दही तेस्रोमा ध्यू र चौथोमा महबाट हुने गर्दछ।

आराध्यदेव श्री पशुपतिनाथमा मात्र शिवशक्ति आराधना गरी श्री चक्र पूजा हुने गर्दछ। श्री पशुपतिनाथ शिर भाग भएकोले पनि श्री चक्र पूजा हुने एकमात्र शिवालय हो। श्री पशुपतिनाथका प्रधान अर्चक आचार्य श्री गणेश भट्ट भन्नुहुन्छ, ‘भारत वर्षभित्रका सबै शिवालयको यात्रा गरेपनि श्री पशुपतिनाथको दर्शन नगर्ने हो भने शिवालय यात्रा फलदायी नहुने शास्त्रीय प्रमाण छ।’

प्रकृति र पुरुषबीचको सम्बन्ध रहेको श्री पशुपतिनाथ दर्शनले मात्र मोहमा रहेको जीवनहरु पशुत्वबाट हटाउने पति भएकाले नै श्री पशुपतिनाथ भनिएको हो। शिवशक्ति विना मानिसको जीवनको अस्तिस्व नै हुँदैन। शिव उपसनाले नै प्राणीको कल्याण हुने भएकाले महाशिवरात्रि सनातनीहरुको लागि महत्त्वपूर्ण दिन हो।

शिवालय होस् वा टोल-टोलमा महाशिवरात्रिको रातमा बालिने धुनी तापेपछि चिसो पन हट्ने र शरीरमा ऊर्जा थपिने मान्यता छ। त्यसैले महाशिवरात्रिको रातमा धुनी जगाएर बस्ने चलन पनि छ। शिवको स्मरण गर्ने दिन हो यो। आफू र आफ्नो कर्मलाई शुद्व गरी मानव जीवन धन्य बनाउने दिनको रुपमा पनि महाशिवरात्रिलाई लिन सकिन्छ।

वर्षभरि गरिएका राम्रा कामको समीक्षा र गल्तीको क्षमा माग्ने दिन पनि हो। शिव भनेको छिटो रिसाउने र आफ्ना भक्तहरुले क्षमायाचना गर्दा तुरुन्तै खुसी हुने भएकाले महाशिवरात्रिको रातमा आफूले जानी नजानी गरेको गल्तीको क्षमा माग्ने दिनका रुपमा पनि लिन सकिन्छ।

हामीले जीवनमा गरेको असल र गलत कर्मको फल आफैले भोग्नु पर्दछ। तर, कहिलेकही भुलबस गरेका कामको क्षमा दिनसक्ने सृष्टिकर्ता शिव नै हुन्। त्यसैले हामीले महाशिवरात्रिको अवसरमा दुवै पक्षको सिंहावलोकन गर्ने दिन मान्न सकिन्छ।

साधु र सन्तहरुले साधनाको स्तर के कति छ भन्ने कुरा महाशिवरात्रीको दिनबाट समीक्षा गरी शिव आराधनामा जोड दिनु पर्ने मान्यता छ। दक्षिण भारतका शिवशक्ति अध्येता सदाशिव आश्रमको अनुभव साधु र सन्तको सबैभन्दा महान पर्व महाशिवरात्रि भएको बताउनुहुन्छ।

मानिसले जीवनमा गर्नुपर्ने काम मध्ये धर्म, अर्थ काम र मोक्ष पुरुषार्थ प्राप्तको लागि महाशिवरात्रिको रातमा शिवशक्ति आराधना गरिने शिवालय दर्शनबाट प्राप्त गर्न सकिन्छ। त्यसैले महाशिवरात्रिको रातमा शिवालयमा धुनी बालेर, शिवको सम्झना गरी मनाउने गरिन्छ।

शिवालय होस् वा टोल-टोलमा महाशिवरात्रिको रातमा बालिने धुनी तापेपछि चिसो पन हट्ने र शरीरमा ऊर्जा थपिने मान्यता छ। त्यसैले महाशिवरात्रिको रातमा धुनी जगाएर बस्ने चलन पनि छ।

शिवरात्रिको रातमा लागुपदार्थ सेवन गर्नु चाहिँ शास्त्रसम्मत मानिँदैन। शिवरात्रिको दिन फलफूल सेवन गर्न सकिन्छ। भगवान शिवले खाएको भनेर गृहस्थ र युवा युवतीहरुले सेवन गर्न सरासर गलत छ। शिवका प्रतिनिधि बताउने र जीवन शिवमार्गमा समर्पित गरेका साधु सन्तले सेवन गर्ने अधिकार हो। साधु सन्तले खाएको कुरा युवा र गृहस्थहरुले लिन चाहिँ तर्कसंगत देखिँदैन।

(शर्मा चीनको विश्वविद्यालयमा संस्कृत, भाषा र संस्कृति अध्यापन गर्छन्)