काठमाडौं । राजधानीको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । बुधबार बिहान क्याम्पसमा कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौकामा उनीमाथि क्याम्पसमै अध्ययनरत एक छात्रले जबरजस्ती यौनसम्पर्क गरेको भन्दै छात्राले प्रहरीलाई उजुरी दिएकी हुन् ।

२९ वर्षीया पीडित छात्राले उजुरी दिएलगत्तै क्याम्पसमै तेस्रो समेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश ढकाललाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले भने माघ २९ गते (बुधबार) भएको यस घटनाको जानकारी प्रेसलाई बुधबार (फागुन ७) मात्र गराएको हो । छात्राका अनुसार आफूसँगै कक्षामा प्रवेश गरेका ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि जबरजस्ती दुर्व्यवहार गरेको किटानी जाहेरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छन् । जनता समाचार बाट साभार