केबि महरा/ काठमाडौ

संबिधान संशोधनका लागि नेकपाले गठन गरेको ३ सदस्यीय कार्यदलको औचित्य र आधार बिषयक अन्तन्क्रीयामा रिपोर्टर्स क्लबमा आयोजित पत्रकारहरुको प्रश्नको जवाफ दिँदै राजपा सांसद लक्ष्ाण लाल कर्णले

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यदि कुनै ब्यक्ति विशेषका लागि मात्रै संबिधान संशोधन गरिन्छ भने त्यो आफुहरुलाई अमान्य हुने बताएका छन्।

आफ्नो धारणा व्यक्त गर्दै उनले भने " देशका लागि ब्यक्ति ठूलो होइन,यदि संबिधान संशोधन नै गर्नेहो भने उत्पीडनमा परेका बर्ग,महिला ,दलित तथा मधेसीहरुको कुण्ठित अधिकार सुनिश्चितको लागि गरिनु पर्छ अन्यथा मुलुक र जनताका लागि ब्यक्ती ठूलो हुन शक्तैन ।"

जनताका लागि संविधान संशोधन हुने कुरा स्वभाविक मान्न सकिन्छ तर कुनै ब्यक्तिका लागि संबिधान संशोधन गर्ने कुरा बिल्कुलै गलत हो ।

फरक प्रशंगमा बोल्दै राजपा सासद कर्णले भने, जुन ब्यक्तिका लागि संविधान संशोधन गर्न खोजिएको छ, त्यो ब्यक्तिलाई जनताले नै ईन्कार गरेर पठाई सकेका छन् भने चोरबाटो ल्याएर प्रम बनाउने ?

जनताको प्रम बन्न जनता बाटै निर्वाचित भएको हुनु पर्छ अन्यथा हारेको

मान्छेलाई संविधान अनुसार मन्त्री समेत बनाउन मिल्दैन ।

आफ्नो धारण राख्दै सांसद कर्णले भने, " यो चोर बाटो हो,झ्यालबाट आउने कुरा संबिधान,जनता र देशकै अपमान हो,यदि राष्ट्रियसभा बाटै देशको कार्यकारी बनाउनेहो भने जनताबाट निर्वाचित भएर आउने प्रतिनिधि सभाको महत्व के ?"