दमक,१२फागुन । आफनो सातौ स्थापना दिवसको अवसर पारेर सोमवार दमक मोबाइल ब्यबसायी संघले आयोजना गरेको रक्तदान तथा आँखा शिविर कार्यक्रममा ६६ पिन्ट रगत संकलन भएको छ । दमक मोवाईल व्यवसायी संघले स्थानीय गोरखा डिपार्टमेन्टको प्राङगणमा आयोजित खुला रक्तदानमा १४ महिला सहित ६६ जनाले रगतदान गरेको कार्यक्रम संयोजक दिपेश दाहालले जानकारी दिए ।

रगतको अभाव हुन नदिन तथा रक्तदान सम्बन्धी सर्वसाधारणहरुमा चेतना दिने उद्देश्यले संघले बर्षेनी आफनो स्थापना दिवसमा रक्तदान सहित विभिन्न कार्यक्रम गरि आएको दाहालले वताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको सो कार्यक्रममा संघका अध्यक्ष भेनष श्रेष्ठ सहित कार्यक्रम संयोजक दाहाल, संघका पूर्व अध्यक्ष हरि उप्रेती,नेपाल मोवाईल वितरक संघका केन्द्रीय सचिव लोकेश सापकोटा लगायतले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान तथा बिर्ता ज्योति आई केयर प्रा.लि (आँखा अस्पताल)दमक को प्राविधिक सहयोग मा भएको आँखा शिबिर कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति रोशन विष्ट,दमक जेसीजका अध्यक्ष कमल कटुवाल, रोटरी क्लब दमक का अध्यक्ष संन्दिप चापागाई,किवानीज क्लब अफ दमकका अध्यक्ष रवि केसी,दमक पब्लिक लाइब्रेरी का अध्यक्ष भेषराज नेउपाने लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम को संचालन संघ का सदस्य राजकुमार अग्रवालले गरेका थिए।