काठमाडौं : सरकारले नेपाल-भारत सीमा निरीक्षण समितिको कार्यावधि २०७७ साल असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसमेत सम्हालेका खतिवडाले पहिलो पटक मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन्। सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका सदस्य पदमा महेन्द्र कुमार थापा क्षेत्री (ललितपुर -१८ भैसेँपाटी)लाई नियुक्त गर्न स्वीकृत दिएको छ। यस अगाडि आयोगका सदस्य जगत देउजाले सदस्य पदबाट राजीनामा दिएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगाउने सरकारको निर्णय अर्थमन्त्री खतिवडाले पत्रकारहरुलाई भने : २१ गते सपथ छ, त्यसै दिन भेटौंला सरकारले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जनालाई मनोनयन गरेको छ।

यस्ता छन् २०७६ साल फागुन ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू :