सरकारले विभिन्न निकायमा नयाँ नियुक्ति गरेको छ। फागुन ५ र १२ गतेको बैठकले गरेका नियुक्तिहरु गरेको हो।

काठमाडौँ महानगरपालिका–१४ का शोभा बुढाथोकी र १६ का नारायण नेपाल तथा विराटनगर–४ मोरङका उद्धवचन्द्र घिमिरेलाई नेपाल कानून आयोगको सदस्य पदमा नियुक्त भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी राष्ट्रिय न्यायिक प्रतिष्ठानको परिषद्को महिला सदस्यमा रमा श्रेष्ठ (ललितपुर), जनजाति सदस्यमा हरिन्द्र राई (खोटाङ) र दलित सदस्यमा भोजमान लाम्गादे (इलाम) लाई मनोनीत गरेको छ।

समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालत, दिपायलका पूर्वमुख्य न्यायाधीश कुमारप्रसाद पोखरेललाई नियुक्त गरेको छ। यस्तै समितिको सदस्यमा टीका बुढाथोकी, ममतादेवी शर्मा उपाध्याय र सरस्वतीदेवी भट्टराईलाई नियुक्ति गर्ने निर्णय भएको छ।

समितिका सदस्य–सचिवमा नेपाल सरकारले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई मनोनित गर्ने निर्णय भएको छ।

सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका सदस्य पदमा महेन्द्रकुमार थापा क्षेत्री (ललितपुर) लाई नियुक्त गर्न स्वीकृत दिएको छ भने आयोगका सदस्य जगत देउजाले सदस्य पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा मोतीपुर–३ कपिलवस्तु निवासी पुष्पराज खनाललाई नियुक्त गरिएको छ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा सदस्यमा डा सुनन्दा सुन्दास (भोजपुर), डा रक्षा श्रेष्ठ र डा कैलाशकुमार भण्डारी (सुनसरी), डा विनयकुमार ठाकुर (धनुषा) तथा रामप्रसाद न्यौपाने र निशा अधिकारी (चितवन) लाई मनोनयन गरिएको छ। नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सञ्जीवकुमार पाण्डेय (महोत्तरी) लाई चार वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने निर्णय गरेको छ।

सरकारले नेपाल कृषि अनुसन्धान परिषदमा पनि नियुक्ति गरेको छ। जसको सदस्यमा डा स्वयम्प्रकाश श्रेष्ठ, डा युगनाथ घिमिरे, डा विनायकप्रसाद राजभण्डारी, गोविन्द केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा र यमुना घलेलाई २ वर्षका लागि मनोनयन गर्ने निर्णय गरिएको हो। लोकान्तर बाट