फागुन– सरकार नेतृत्वकर्ता नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावललाई सुरक्षाकर्मीले धनगढी विमानस्थलको भीआईपी कक्ष प्रवेशमा रोक लगाएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका रावल पार्टीका कामका लागि शनिबार काठमाण्डुबाट धनगढी पुगेका थिए । रावलले आफूलाई विमानस्थलको विशिष्ट कक्ष प्रवेश गर्न नदिइएकामा आश्चर्य प्रकट गरेका छन् । रावलले राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएका कारण आफूलाई विमानस्थलको भीआईपी पस्न नदिएको जवाफ सुरक्षाकर्मीले दिएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘राष्ट्रपति आउने भएकाले जान नमिल्ने भनियो’, धनगढीमा सञ्चारकर्मीसँग रावलले भने, ‘पूर्वजानकारी बिनै भीआईपीमा छिर्न नदिइनु आश्चर्यको विषय हो ।’ उनले आफू पनि जननिर्वाचित सांसद रहेको भन्दै गृह र रक्षा मन्त्रालयको नेतृत्व गरिसकेको हैसियतमा सुरक्षा संवेदनशीलता बुझ्ने बताए ।

तर, खबर किन गरिएन भन्दै आपत्ति जनाए । गणतन्त्रमा पनि राजतन्त्रको जस्तो व्यवहार गरिएको भन्दै रावलले चित्त दुःखाए । काठमान्डू टुडे बाट