दमक रोटरी क्लब दमक र रोट्याक्ट क्ल्ब दमकले दमक नगरपालिकाको वडा नम्बर ३ ताराबारीमा एक दिने निशुल्क आयुर्वेदिक स्वास्थ शिबिर आयोजना गरि २०० जना रोगी बिरामीहरुको स्वास्थ परिक्षण गरेको छ ।नागरिक आयुर्वेद दमकको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा २०० जना बिरामीहरुलाइ निशुल्क औषधीपनि वितरण गरिएको थियो।कार्यक्रमको सहजीकरण र ब्यवस्थापनको जिम्मा लिएका रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष सुदिप लिम्बूले प्रत्येक महिना फरक फरक ठाउँमा स्वास्थ शिविर आयोजना गरिदै लैजाने उदघोस गरेका छन्।कार्यक्रममा डाक्टर नवीन बास्तोला र गङा ढकालले बिरामीहरुको स्वास्थ परिक्षण गर्नु भएको थियो।











