सरकारले चारजना सचिवको सरुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवको सरुवा गर्नुका साथै एक जनालाई सचिवमा र अर्कालाई कामु सचिवमा बढुवा गरेको हो।
मन्त्रिपरिषद्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको छ। यादव संघीय मन्त्रालयमा आउनु अघि काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए।
संघीय मामिलामा सचिव सूर्य गौतम पुगेका छन्। उनी भूमिसुधार मन्त्रालयमा थिए। स्वास्थ्यका सचिव खगराज बराल उपराष्ट्रपतिको कार्यालय पुगेका छन्। उनी स्वास्थ्य सचिव बन्नु अघि शिक्षा सचिव थिए
भूमिसुधारमा सचिव केदार न्यौपाने आएका छन्। उनी काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए।
काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा एकनारायण अर्याल पुगेका छन्। सरकारले उनलाई सचिवमा बढुवा गर्दै पदस्थापना गरेको हो।
सरकारले अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनीलाई कामुको जिम्मेवारी दिएर राजश्वमा लगेको छ। राजश्व सचिव शिशिर ढुंगाना अर्थ सचिव बनेपछि राजश्व खाली थियो।










