काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सो शुभकामना दिएका हुन् ।

मोदीले पशुपतिनाथको कृपा रहोस् भन्ने कामना गर्दै सुस्वास्थ्य, सुख र दीर्घायूको पनि कामना गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौलाको शल्यक्रिया गर्नका लागि आज अस्पताल भर्ना हुँदैछन् । उनको बुधबार मिर्गौलाको प्रत्यारोपण गरिदैछ ।

https://twitter.com/narendramodi/status/1234333491724111873