काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला दिन उनकी भाञ्जी समीक्षा संग्रौला ज्ञवाली अस्पताल पुगेकी छन् । बुधबार प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गरिँदैछ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्न सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुँदैछन् । समीक्षा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार अपरान्ह पुगेकी हुन् । ओलीको मृगौला प्रत्यारोपण गर्न भारतबाट चिकित्सक झिकाइएको छ ।

डा.प्रेमराज ज्ञवालीले नेतृत्वमा ओलीको मिर्गाैला प्रत्यारोपण गरिँदैछ । १२ वर्षअघि नयाँ दिल्लीको एपोलो अस्पतालमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मृगौला दिएकी थिइन् ।पहिलेको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो । ओलीलाई अहिले नातामा ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिन लागेकी हुन् । नेपाली सेनाले तालिम प्राप्त कुकुरलाई रेकी गर्न खटाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड