काठमाण्डाै – मङ्गलबार पहाडी भेगका केही ठाउँमा दिउँसोपछि चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
स्थानीय वायुको प्रभावले पश्चिमको तुलनामा मध्य र पूर्वी पहाडी भेगको केही ठाउँमा दिउँसोपछि चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।
यस्तै दिउँसोसम्म पारिलो घाम लाग्ने काठमाण्डाैमा दिउँसोपछि बादल लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार काठमाण्डाैमा मङ्गलबार हिजाेजस्तो मेघगर्जन हुने वा पानी पर्ने सम्भावना भने कम छ ।










