पाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड्’ त्रिवि शिक्षण अस्पताल पुगेका छन्। मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न उनी मंगलबार साँझ पुगेका हुन्।
ओली सोमवार शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए। प्रचण्डले मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै प्रम ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए। ओलीको भोलि बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ। उनलाई भाञ्जी मिर्गौला दान गर्दैछिन् ।










