बझाङ । वित्थडचिर गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसबाट विजयी वडाध्यक्ष करविर बोहरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ।

वडाध्यक्ष बोहरालाई नेकपा सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण बहादुर थापा, गाउँपालिका अध्यक्ष प्रेम बोहरा, अनेरास्ववियु केन्द्रीय अध्यक्ष ऐेन महरले पार्टीमा भित्र्याउनु भएको हो । वडाध्यक्ष बोहरालाई नेकपा सुदुरपश्चिम प्रदेश भेलामा अबिरमालासहित प्रवेश गराइएको अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य पँकज भण्डारीले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपामा प्रवेश गर्नुभएका अध्यक्ष बोहराले देश अब कांग्रेसमुक्त हुने दाबी गर्नुभयो । ‘ देश अब कांग्रेसमुक्त हुने सम्भावना भएको कारण, अब देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टिले समालेको बेला मैले पनि प्रवेश गरेको हुँ ।’ उहाँले भन्नुभयो । जनता समाचार बाट साभार