कोरोनाको त्रास विश्वभर झनै व्यापक बन्दैगएको छ। नेपालमा सरकारले शैक्षिक संस्थालाई चैत्र ५ सम्ममा परिक्षा सक्न निर्देशन दिइसकेको छ। त्यसैगरी होलि नमनाउन पनि अपिल गरेको छ। नेपाली बजारमा मास्कको कमि भएको कुरा सर्वविधितै छ, अब थर्मोमिटर र सेनेटाइजरको पनि अभाव देखिन थालेको छ।

एक सातामा राजधानीका इन्फ्रारेड थर्मोमिटर आयातकर्तामध्ये कसैले पनि स्टक राख्न पाएका छैनन्। मनपरी असुल्न पाइने देखेर मेडिकल स्टोरहरूबाट पनि खुद्रा बिक्रेताले इन्फ्रारेड थर्मोमिटर उठाइरहेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेडिकल इक्वीपमेन्ट सप्लायरमध्ये पनि निकै कमलाई जानकारी रहेकाले इन्फ्रारेड थर्मोमिटर आयात गर्नेको संख्या सीमित छन। त्यसैले पनि उक्त थर्मोमिटर कमै मात्र भेटिन्छ।

डेढ महिना अघिसम्म १३०० प्रतिगोटा पर्ने उक्त थर्मोमिटर अहिले अभावको नाममा व्यवसायीले ७ हजार रुपैयाँ सम्ममा बिक्री गरिरहेका छन्। बजारमा ह्याण्ड सेनिटाइजर, मास्क र इन्फ्रारेड थर्मोमिटर बेच्नेहरूले मनपरी असुलीरहेका छन।

नछोइ परैबाट अर्काको निधारमा देखाएर ज्वरो कति छ भनेर सजिलै थाहा हुने भएकाले सावधानी अपनाउन इन्फ्रारेड थर्मोमिटरको प्रयोग बढेको हो । बिक्री बढेको अवस्थाको फाइदा कालाबजारीले उठाएका हुन्।

व्यवसायिक प्रतिष्ठान र शैक्षिक संस्थाहरूले पनि आफ्नो प्रवेशद्धारमा इन्फ्रारेड थर्मोमिटरबाट जाँच अनिवार्य गरेका छन्। व्यक्तिगत प्रयोगका लागि खरिद गर्न चाहनेहरूले इन्फ्रारेड थर्मोमिटर खरिद गर्न पाएका छैनन्। बजारमा हात धुने सेनेटाइजरको पनि अभाव छ।

सिंगापुर, अमेरिका, भारत र चीन लगायतका देशहरुबाट आयात गरिदै आएको इन्फ्रारेड थर्मोमिटर यतिबेला बाहिरबाट आउन पनि बन्द छ। कोरोनाको त्रास फैलिनु अघिसम्म खासै खोज्नेहरू नआउने भएकाले व्यवसायीले एकपटकमा बढीमा ४० थानसम्म मात्रै आयात गर्दै आएका थिए। यतिबेला माग बढ्दा विदेशमा पनि प्रयोग बढेकाले आफूहरूले गरेको अर्डरअनुसारको माल नआइपुगेको सर्जिकल हाउस सञ्चालकहरू बताउँछन्। बिज्मान्डु बाट साभार