काठमाडौं । चीनको वुहानबाट देखिएको नोभेल कोरोना भाइरसबाट विश्वभर तीन हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ९७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्वभर कोरोना संक्रमण फैलिँदै जाँदा यससम्बन्धी विभिन्‍न प्रश्‍न तथा आशंकाहरु उब्जिएका छन् । चीन, दक्षिण कोरिया, जापान, इरान, इटालीलगायतका मुलुकमा कर्मचारीलाई घरबाटै काम गर्ने आग्रह गरिएको छ भने शिक्षण संस्थाहरु बन्द गरिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारत, नेपाललगायतका मुलुकमा भने सभासम्मेलन, भेला, गोष्ठी तथा भीडभाड नगर्न आग्रह गरिए पनि शिक्षण संस्थाहरु भने नियमित सञ्‍चालन भइरहेका छन् ।

अमेरिकामा एक शिक्षकले कक्षाकोठामा संक्रमणबाट बच्‍न के गर्नुपर्छ ? भन्‍ने प्रश्‍न सोधेको थिए ।

जसमा सीएनएनले लेखेको छ, "यस्तो अवस्थामा विद्यालय तहका बालबालिकाहरु न्यून जोखिममा हुन्छन् । ८० हजारभन्दा संक्रमित र करिब तीन हजारको मृत्यु भएको चीनमा एक प्रतिशत कम बालिबालिकामा मात्रै संक्रमण देखिएको छ । बालबालिकालाई सहजै कोरोनाको संक्रमण हुँदैन । तर, पूर्वसावधानी भने अपनाउन जरुरी हुन्छ ।"

सरसफाइमा विशेष ध्यान दिने, कक्षाकोठाको भुइँ सफा गर्ने, बारम्बार छोइरहने वस्तुहरुलाई संक्रमणरहित बनाउने, शिक्षक र विद्यार्थी बाहिर हिन्दा मास्कको अनिवार्य प्रयोग गर्ने, धेरै बाहिर नजाने गर्न चिकित्सकले सुझाएको सीएनएनमा उल्लेख छ ।

जनावरबाट मानिसमा सरेको भनिएको यो भाइरस मानिसबाट मानिसमा समेत सरेको छ । एक व्यक्तिलाई सरिसकेपछि अर्को पटक अर्को व्यक्तिमा पनि कोरोना संक्रमण सर्नसक्छ ।

विश्वभरमा ८५ मुलुकमा फैलिएको कोरोनाबाट चीनबाहिर १७ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३४० जनाजतिको चीनबाहिर मृत्यु भइसकेको छ । चीनबाहिर सबभन्दा धेरै चीन बाहिर इटालीमा १४८, इरानमा १०७ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा ४२ र जापानमा १२ जनाको मृत्यु भइसकेको छ । - सीएनएन