काठमाडौं : बल्खुमा दुई टिपर एकापसमा ठोक्किँएर दुर्घटना भएको छ। गएराति साढे १० बजेतिर रातो नम्बर प्लेटको बा २ क ३४६४ नम्बरको टिपर र कालो नम्बर प्लेटको बा ५ ख ९१६६ नम्बरको टिपर दुर्घटना भएको हो। सानेपाबाट कलंकीतर्फ जादै गरेको रातो नम्बर प्लेटको टिपर र सामान बोकेर विपरित दिशाबाट आउँदै गरेको कालो नम्बर प्लेटको टिपर एकआपसमा ठोक्किएका हुन्।
सडकमा छाडा चौपाया भएको र दुबै टिपर स्पिडमा रहेकाले दुर्घटनामा परेको स्थानीयलाई उदृत गर्दै प्रहरी जवान सतिश चौधरीले जानकारी दिए। चौधरीकाअनुसार बा ५ ख ९१६६ नम्बरका टिपर चालक धादिङ निवासी हर्कबहादुर तामाङ बिहान प्रहरीको सम्पर्कमा आएका छन् भने अर्का चालक फरार रहेका छन्। घटनामा कोही घाइते नभएको प्रहरीले जनाएको छ। चौधरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।
हेर्नुहोस् दुर्घटनाका तस्बिर.....


अन्नपुर्ण पोस्ट बाट साभार









