काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृर्गौला दिने भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेकी छन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल भेट्न जाँदा समिक्षाले प्रधानमन्त्रीलाई भेट्न चाहेको बताएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो क्रममा समीक्षाले रिमाललाई भनिन्, ‘मलाई त ठीक छ, मामा (प्रधानमन्त्री ओली) लाई चाँहि कस्तो छ ? एकपटक भेट्न मन लागेको छ ।’

जवाफमा रिमालले समिक्षा नै प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो भिजिटर हुने पनि बताए ।

सो प्रसंगको ट्वीट गर्दै रिमालले भनेका छन्ः ‘तपाई पहिलो भिजिटर हुनुहुनेछ ।’ प्रधानमन्त्रिज्युलाई मिर्गौला दानदिने भान्जी समिक्षा संग्रौलालाई सोधें-कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ?एकपटक मामालाई भेट्न मन लागेको छ।

https://twitter.com/BishnuRimal/status/1236513389548953600?ref_src=twsrc%5Etfw