काठमाडौंः मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गइरहेको छ ।
शिक्षण अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई सन्तुलित आहार दिनुका साथै नियमित हिँडडुल गराउन थालिएको जनाएको छ ।
साथै ओलीलाई मिर्गौला दिने उनकी भान्जी समिक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमा जनाइएको छ ।











