काठमाडौँ । सामान्य अवस्थामा फर्किन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ महिनादेखि १ वर्षसम्मको समयावधि लाग्ने चिकित्सकहरुले बताएका छन् ।

मंगलबार त्रिवि शिक्षण अस्पतालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्यासिंंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आएपनि पुरै सक्रिय हुन ६ महिनादेखि १ वर्षसम्म लाग्ने बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले अब प्रधानमन्त्रीको डिस्चार्ज गर्दा पनि हुने बतााइन् । ‘डिस्चार्ज गर्दा पनि हुन्छ । प्रधानमन्त्रीज्यू पनि घर जान चाहानुहुन्छ । तर घरमा पनि केही तयारी गर्नुपर्ने भएकाले हतारमा डिस्चार्ज नगरिएको मात्रै हो’, डाक्टर शाहको भनाइ छ । ‘यसै दिन डिस्चार्ज गरिन्छ भनेर अहिले मिति नै तोक्नु उपयुक्त हुँदैन । तर स्वास्थ्य अवस्था हेर्दा केही दिनभित्र डिस्चार्ज गर्न सकिन्छ । यद्यपी जोखिमको खतरा धेरै हुने भएकाले धेरै केयर गर्न जरुरी छ’ शाहले जानकारी दिइन् ।

ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको चिकित्सकहरुले बताउँदै आएका छन्।