दमक । दमकमा सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । दमक नगरपालिका वडा नं.५ स्थित हरिओम कोलेनीस्थित भित्री सडक खण्डमा टेम्पो दुर्घटनामा एकजनाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मे १ ह ६५८४ नम्बरको टेम्पो दुर्घटना भएको हो । दमक नगरपालिका वडा नंं।९ का ६१ वर्षीय उमबहादुर मगरको मृत्यु भएको हो । दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
नाताले मामा भान्जा पर्ने दूइजना मादक पदार्थ सेवन गरेर टेम्पोमा चढेका थिए । मामाले भान्जालाइ काउकुती लगाउदा टेम्पो अनियन्त्रित भइ पल्टेको चालकले बयान दिएको प्रहरी श्रोतले जनाएको छ । प्रभाबकारी न्यूज बाट










