काठमाडौं, ३० फागुन । युवा युवतीलाई रक्सि खुवाएर यौन भिडियो बनाएर पैसाको बार्गेनिङ गर्ने दुईलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापका श्याम राय र सुरज राय रहेका छन् । उनिहरुले बागबजारको एक गेष्ट हाउसमा युवक र युवतीलाई रक्सि खुवाएको र यौन सम्पर्क गर्न लगाई भिडियो बनाएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछि उक्त भिडियो सामाजिक सञ्जालमा हालिदिने भनी २ लाख ५० हजार रुपैयाँ माग गरेपछि पीडित प्रहरीसमक्ष पुगेका थिए ।

पक्राउ परेकामाथि आवश्यक कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । दैनिक नेपाल बाट साभार