मौसम विश्लेषण) :-हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।
मौसमको अवस्था ):हाल देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि देशको मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहेको छ। चैत्र ०२ गते (आईतबार)
दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।
चैत्र ०३ गते (सोमबार) दिउँसोः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
चैत्र ०४ गते (मंगलबार) दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- देशका पहाडी भू-भागहरूमा मेघगर्जन/चट्याङ्ग वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।










