प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

कोरोनाले विश्वव्यापी महामारी सिर्जना गरेको र नेपालमा समेत त्रास फैलिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्रीले साँझ ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट देशवासीका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्न भइरहेको प्रयास र भावी रणनीतिबारे जानकारी गराउने छन् ।