काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको कोरोना भाइरससम्बन्धी अडियो क्लिपको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा नेपालमा कोरोनाभाइरस भित्रिसकेको र यसबाट सतर्क रहन भन्दै एक व्यक्तिले अफवाह फैलाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भाइरस भइरहेको अडियो क्लिपले जनमासमा सन्त्रास फैलाएको भन्दै त्यसको विषयमा अनुसन्धान गर्न प्रहरीको साइबर व्युरोलाई निर्देशन दिइएको प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले बताए ।

सरकारले कोरोनाभाइरसको संक्रमणबारे भ्रामक सूचना जारी नगर्न र गरेका कडा कारबाही गरिने चेतावनी दिँदै आएको छ ।