महाराजगञ्ज नगरपालिका वडा नं ९ सेमरहनामा एक बालिकाको डुबेर मृत्यु भएको छ । सेमरहनाका रामदिनेश तेलीका करिब १४ वर्षीया छोरी अन्जुलाको गाउँ नजिकै रहेको खाडलमा गए राति डुबेर ज्यान गएको हो ।

शौच गर्न घर बाहिर निस्केकी मनसिक अवस्था ठिक नभएकी अन्जुलाको गाउँ नजिकैको खाडलमा डुबेर ज्यान गएको प्रहरी चौकी कुशहवा बढनीका प्रहरी सहायक निरीक्षक विनय श्रीवस्तावले जानकारी दिए। शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । रासस