पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–१ स्थित भारदहमा ट्रकको ठक्करबाट शनिवार बिहान साइकलमा सवार १ व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारदाह बस्ने अन्दाजी ३० वर्षीय कामी मुखिया रहेको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका मुखियाको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा शनिवारै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ७३०८ नम्बरको ट्रकले पूर्वपश्चिम राजमार्गअन्तर्गत मुखिया सवार साइकललाई ठक्कर दिएको थियो । रासस