पक्राउ पर्नेमा रामेछाप घर भइ हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवक थापा मगर रहेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनले राजधानीको एक अस्पतालमा कोरोना संक्रमितको मृत्यु भइसकेको तर यसबारे सरकारले सूचना लुकाएको आफूले जानकारी पाएको अफबाह फैलाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अफबाहपूर्ण सो अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा एक जनामा पनि देखिएको छैन । तर, सरकारले संक्रमण भित्रन सक्ने भन्दै उच्च सावधानी अपनाएको छ।

शुक्रबारमात्रै देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लामो दूरीको यातायात बन्द गर्नेदेखि ९ गतेदेखि अन्तराष्ट्रिय उडान स्थगन र अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरिसकेका छन् ।

यस्तै २५ जना भन्दा बढी भेला हुन रोक लगाइनुका साथै सभा सम्मेलन नगर्न पनि सरकारले भनिसकेको छ ।

यस्तै शैक्षिक संस्था पनि बन्द गरिएको छ । रातो पाटि बाट साभार