कोरोना भाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बैठक सिंहदरबारमा जारी रहेको छ । समिति संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बैठक बसिरहेको हो । बैठकमा कोरोना भाइरसको जोखिम र पूर्व तयारीका विषयमा छलफल भइरहेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा घोषणा गर्नुभएका कुराहरु कार्यान्वयनका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै आइतबारबाट २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने सोमबारबाट लामो दुरीका यातायातका साधनहरु बन्द हुने र १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने बताउएका थिए । रातो पाटि बाट साभार