दूधे । गए राति विद्यायलको बसमा तोडफोड भएको छ । शिवसताक्षीको दूधेस्थित श्री क्याम्ब्रिज अङ्ग्रेजी माध्यमिक विद्यालयको दुई ओटा बस पार्किङ्ग गरेर राखिएको अवस्थामा तोडफोड भएको विद्यालयले जनाएको छ । ग १ ख ५३५९ र ना ३ ख ५५९ नम्बरको बसको अगाडीको सिसा फुटेको छ भने डिजेल ट्यांकी, टायर र सिटमा क्षति पुर्याएको विद्यालयका प्रिन्सिपल राम सुहाङ्गले जानकारी दिए । करिब एक लाख ५५ हजार रुपैयाँ बराबारको क्षति पुगेको विद्यालयले जनाएको छ । बिहान ८ बजे चालक बस लिन जाँदा तोडफोड भएको थाहा भएको प्रिन्सिपल सुहाङ्गले बताए । बस तोडफोड भएपछि आज विद्यालय बन्द गरिएको छ । तोडफोड गर्ने व्यक्तिहरुको खोजी कार्य भईरहको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।
झापामा विद्यायलको बसमा तोडफोड
सवाल नेपालसंवाददाताबिहीबार, २७ वैशाख २०७४

झापामा विद्यायलको बसमा तोडफोड
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



