काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन आम नागरिकलाई घरमै बस्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीले बुधबार ट्वीटमार्फत आम नागरिकलाई घरमै बस्न आव्हान गर्नुभएको हो । ‘ म पनि घरमै बसेर सरकार सञ्चालन गरिहेको छु’ उहाँको ट्वीटमा उल्लेख छ, ‘तपाईहरु पनि घरमै बस्नुस् ।’










