विष्णुप्रसाद पोखरेल

दमक/ झापा दमकमा एकजना कोरोना भाइरसका विरामी भेटिएको भन्दै भ्रम छरिएपछि यसले त्रास पैदा भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकबाट एकजनालाई ज्वरो आएपछि उपचारका लागि धरान लगिएपनि कोरोना नभएको भन्दै घरमा नै बस्न भनेर पठाएको बताईन्छ ।

अहिलेसम्म कसैलाइ पनि कोरोनाको संक्रमण भएको छैन, दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले जानकारी गराईन ।

एकजनालाइ विपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान पठाईएको हो तर घर फिर्ता पठाएको छ, अधिकारीले भन्नुभयो ।

यसैबीच दमकमा ९ जनालाइ क्वारेन्टाइनमा राखिएको छ ।

दमक नगरपालिका स्वास्थ्य शाखा स्वास्थ्य निरिक्षक बद्रि बरालका अनुसार दाहाल प्रतिष्ठान र मानसरोवर कलेजमा बनाईएको क्वारेन्टाइनमा उनिहरु रहेकाछन् ।

दुइ वटा परिवार यहाँ रहेको छ र्। उनिहरुको अवस्था सामान्य रहेको छ ।

भारतबाट आएका नेपाली र दूइ जना प्रहरी रहेकाछन् ।

उनिहरुको स्वास्थ्य अवस्था राम्रो छ र केहि पनि डराउने अवस्था छैन, बरालले भने ।