झापा । झापाको बिर्तामोड स्थित विएण्डसी टिचिड्ग हस्पिटलले कोरोनाको उपचार र परिक्षणका लागि हस्पिटल उपयोग गर्न दिन तयार रहेको जनाएको छ ।

आज हस्पिटलले एक विज्ञप्ती जारी गर्दै कोरना भाइरसको उपचारको लागि हस्पिटल उपयोग गर्न दिन तयार रहेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताएका हुन् । उनले चिकित्सकलाई तलब लगायत सबै कुराको व्यवस्था गरेर सरकारलाई आवश्यकता भएको दिनसम्मलाई अस्पताल दिन तयार रहेको बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले सरकारसँग हस्पिटलले पटक पटक किड्स र पिपि सेट एन ९५ माक्स माग गरिरहेको भएपनि उपलव्ध गराउँन नसकेको समेत गुनासो गरेका छन् ।

देशमा विषम परिस्थिती हुँदा समेत स्वस्थ्य क्षेत्रमा प्रतिकुल अवस्था देखिदा आज निजि स्वास्थ्य संस्थाले प्रभावकारी भुमीका निर्वाह गर्न नसक्नु पर्ने कारण भनेकै सरकारले निजि स्वास्थ्य शिक्षा र उद्योगलाई सौतेनी व्यवहार गर्नू नै रहेको विज्ञप्तीमा उल्लेख छ ।