काठमाडौं- नेपाल एयरलाइन्सको वाई-१२ जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट जोगिएइको छ। जहाज रने भन्दा तल ल्यान्ड भएकोका कारण दुर्घटनाको स्थितिमा पुगेर पनि जोगिएको हो।

जहाज करिब दुर्घटनाको अवस्थामा पुगे पनि कुनै मानवीय क्षति भनएको र जहाजमा सामान्य क्षति भएकाे जानकारी आएकाे नेपाल नागिरक उड्डयन प्राधिकरणा महानिर्देशक राजन पाेखरेलले नेपाललाइभलाई जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वास्थ्य मन्त्रालयले कोरोनाको परीक्षणका लागि संकलन भएको नमूना लिन जहाज चार्टर गरेको थियो।

जहाजमा पाइलट केबी लिम्बू थिए भने को-पाइलट महेश राज पाण्डे थिए।

चालक दलको सदस्यलाई पनि सकुशल रहेको महानिर्देशक पोखरेलले बताए।

जहाज ल्यान्ड गर्ने बेला रन–वे भन्दा बाहिर गएको थियो।