बिर्तामोड । कोरोना भाइरस नियन्त्रणका लागि झापा, मेची, बिर्तामोड र दमक उद्योग वाणिज्य संघले दुई–दुई लाख र बाँकी उद्योग वाणिज्य संघले एक–एक लाख रुपैंयाका दरले उपचार कोषमा रकम जम्मा गर्ने भएका छन् । शनिबार बिर्तामोड उद्योग वाणिज्य संघमा भएको कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्व्य तथा अनुगमन समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको जिल्लामा क्रियाशिल उद्योगी ब्यवसायी संघ संस्थाका प्रमुखहरुको बैठकले उपचार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।

बैठकले उद्योग तथा ब्यवसायीहरुले मजदुर राखेको भए लकडाउनको अवधिभर उनीहरुलाई खान, बस्नको ब्यवस्था गर्न आग्रह गरिएको छ । सहकारी संघले विपन्न नागरिकहरुलाई आवश्यक खाद्यन्न राहतको तयारी गरी स्थानीय तहसंग समन्व्य गरेर वितरणको ब्यवस्था गर्ने, विभिन्न सामाजिक संघ संस्थालाई राहत कोषमा सहयोग गर्न आह्वान समेत गरेको छ । खाद्यन्न लगायतका दैनिक उपभोग्य वस्तुलाई सहज रुपमा विक्रि वितरण र आपूर्तीको ब्यवस्था मिलाउन ब्यवसायीहरुले पहल गर्ने निर्णय भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक,नेपाली कांग्रेसका सभापति उद्धव थापा, प्रमुख जिल्ला अधिकारी उदय राना, प्रहरी उपरीक्षक कृष्ण कोइराला,श्री नयाँ श्रीनाथ गणका अमरजंग थापा, सशस्त्र प्रहरीका रेशमकुमार थवसू, रेडक्रस झापाका सभापति लोकराज ढकाल, बिर्तामोड सभापति सजेश शिवाकोटी, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् संवाद समूह झापाका प्रतिनिधि एकराज गिरी रहेका थिए ।

त्यस्तै गैसस महासंघ झापाका उपाध्यक्ष कुमार चुडाल, सचिव सोमराज ढकाल, केन्द्रिय सदस्य छविलाल खतिवडा, समाजवादी पाटी झापाका तिलबहादुर राई (अभिशेक), दमक उद्योग वाणिज्य संघका गोकुल श्रेष्ठ,राजु खड्का, भरत चम्लागाई, कनकाई उद्योग वाणिज्य संघका त्रिलोचन चिमरिया, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, सचिव युवराज ढकाल, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, वरिष्ठ उपाध्यक्ष मोहन निरौला, हार्डवेयर ब्यवसायी संघका अध्यक्ष मातृका कोइराला लगायतले कोरोना भाइसरको महामारी रोक्न आ–आफ्नो ठाँउबाट विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । बैठकले कोरोना भाइरस नियन्त्रणका लागि एक जुटभएर लाग्ने निर्णय गरेको छ । झापामा कुनै असहज परिस्थिती नआओस् भनेर जिल्लाका क्रियाशिल संघसंस्था लागि परेका छन् ।