वासिंटन:
बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल यतिबेला अमेरिका पुगेका छन् ।
तर राष्ट्रपति डोनल्ड ट्रम्पले उनीहरुको सुरक्षा प्रदान गर्न नसक्क्ने प्रतिक्रिया दिएका छन् । क्यानडामा रहँदैआएका उनीहरु हालै अमेरिकाको क्यालिफोर्निया पुगेका थिए । बेलायती राजदरबारका सदस्यहरुलाई अमेरिकाले सुरक्षा दिन नसक्ने भन्दै राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएका हुन् ।
ट्रम्पले ट्वीट गर्दै आफू बेलायती रानी र युकेको मित्र भएको तर अमेरिकाले ह्यारी र मेघनलाई सुरक्षा दिन नसक्ने बताए । उनीहरु आफैँले ख्याल गर्नुपर्ने पनि उनको भनाइ छ ।
राजदरबारबाट अलग्गिएपछि ह्यारी र मेघन छोरालाई साथमा लिएर क्यानडाको भान्कभर टापुमा बस्दैआएका छन् ।
यही आइतबार उनीहरु कोरोना महामारीको चपेटामा परेको अमेरिका पुगेका हुन् । यस क्रममा उनीहरु लस एन्जलस पनि पुग्दैछन् । जहाँ मेघन हुर्केकी थिइन् । बेलायत र अमेरिकाबीच भएको दिर्घकालिन सम्झौता अनुसार दुबै देशका कुटनीतिज्ञ र राजपरिवारका सदस्यहरुलाई सुरक्षा प्रदान गर्नुपर्ने हुन्छ।
अन्नपूर्ण पोष्टमा खबर छ ।










